मनीषा चौथो स्थानमा

१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत भएको भारोत्तोलन महिला ४८ किलो तौल समुहमा नेपालकी मनिषा रानाभाट चौथो भएकी छिन् । भारतकी मिरावाइ चानु साइखोम पहिलो, श्रीलंकाकी दिनसा हान्सी बोमीरियाइ गोमेज दोस्रो तथा बंगलादेशकाी मोला साबीरा तेस्रो भए । मिरावाइले स्न्याचमा ७९ र क्लीन एन्ड जर्कमा ९० गरी कुल १सय ६९ भार उठाएकी थिइन् । यसैगरी, हान्सीले स्न्याचमा ६७ तथा क्लीन एन्ड जर्कमा ८० गरी कुल १४५ किलो भार उठाइन् । यसैगरी, मोलाले स्न्याचमा ६६ तथा क्लीन एन्ड जर्कमा ८० गरी कुल १४३ किलो भार बहन गरिन् । मनीषाले स्न्याचमा ५१ तथा क्लीन एन्ड जर्कमा ६० गरी कुल १०७ किलो भार बहन गरिन् । मनीषा कुनै समय नेपाली करातेकी परिचित खेलाडी थिइन् । सानो समयमै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कराते प्रतियोगितामा पदक जितेकी मनीषा भारोत्तोलनमा आबद्ध भएको केही बर्ष भएको छ । नेपालका प्रकास केसी, देवी चौधरी र विकास थापाले शनीबार नै प्रतिस्पर्धा गर्दै छन् । अहिले प्रकासको खेल भइरहेको छ ।

Comment