साग खेलकुद सुरु

१२ औ दक्षिण एसियाली खेलकुद शुक्रबार औपचारिक रुपमा सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । भारतको गुहावटी र सिलोंगमा हुने प्रतियोगिताको शुक्रबार गहाुवटी इन्दीरा गान्धी रंगशालामा भब्य समारोहका विच उद्घाटन भएको हो । sriddhika singh1सरुसाजाईमा रहेको स्टेडियममालाई उद्घाटन समारोहलाई भब्य पार्न बेहुली झै सिगारिएको थियो । उद्घाटन सत्रलाई दुई भागमा विभाजन गरिएको पहिलो सत्रमा स्पोट्स रहेको थियो भने दोस्रो सत्रमा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । एक हजार कलाकारले उद्घाटन सत्रमा प्रर्दशन गरेका थिए ।
आयोजक समितिका सिइओ इन्जेती श्रीनिवासका अनुसार करिब ३ हजार ५ सय खेलाडी तथा अफिसियले मार्चपास गरेका थिए । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल, माल्दिभ्स, भुटान, अफगानिस्तानका खेलाडीले मार्चपासमा सहभागीता जनाए । नेपालका युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डल, राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टलगायतको उद्घाटन समारोहमा उपस्थित थिए । नेपालको झण्डा पौडी खेलाडी श्रृद्धिका सिंहले बोकेकी थिइन् ।
प्रतियोगितामा दक्षिण एसियाका आठवटै टोलीको सहभागिता रहेको छ । तथापी विगत झै भारतीय टोली नै बलियो हुने सहज अनुमान गरिएको छ । प्रतियोगिातमा रहेका २३ वटै खेलमा नेपालको सहभागिता रहेको छ ।
सन् २०१२ मा नयाँ दील्लीमा घोषित १२ औ दक्षिण एसियाली खेलकुद त्यसै समयमा भारतमा आम निर्वाचन भए पछि स्थगीत भएको थियो । त्यस पछि लगातार सर्दै आएर सन् २०१६ मा आसामको गुहावटी र मेघालयको सिलोंगमा यो खेल महोत्सब सुरु भएको हो । यस विचमा भारतीय ओलम्पिक कमिटीलाई सरकारले प्रतिबन्ध लगाएको कारण दुइ पटक सरेको थियो ।
प्रतियोगिता अन्तरगत १६ खेल र पुरुष फुटबल गुहावटीमा निर्धारित भए पनि नेपालका लागि महत्वपूर्ण मानीएका खेल स्पर्धा सिलोंगमा हुने छन् । मार्सल आर्टका स्पर्धाहरु सिलोंगमा हुने छन् ।

Comment