साग टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

rastrapatieराष्ट्रपति विद्यादेवी भण्डारीले १२ औँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।भारतको गुवाहाटी र सिलोङमा माघ २२ देखि फागुन ४ गतेसम्म चल्ने सागमा २३ खेलमा ३८४ नेपाली खेलाडीको सहभागिता छ । हक्कीमा बाहेक सबै २३ खेलमा पुरुष÷महिला खेलाडीको सहभागिता रहने छ । हक्कीमा महिला टोलीले मात्र भाग लिने छ । खेलकुदमन्त्री मण्डलसहितको नेपाली टोली मङ्गलबार भारत प्रस्थान गर्दैछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय पहिचानलाई खेलको माध्यमबाट विश्वमाझ फैलाउन दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीसँग आग्रह गरिन् ।‘तपाईंहरुको सफलतामा सारा नेपालीले गौरव महसुस गर्ने छन् ।’– सागमा सहभागी हुने खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै हातामा आयोजना गरेको शुभकामना तथा बिदाइ कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन् ।
विदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले देशमा भएका विविध समस्याका कारण खेलाडीको अभ्यास र सुविधामा असर परेको भए पनि खेलाडीमा भएको उच्च मनोबलले सफलता दिलाउने विश्वास व्यक्त गरे ।
राखेपका सदस्यसचिव केशवकुमार विष्टले हालै फुटबल र क्रिकेटमा पाएका पछिल्ला सफलताले सम्पूर्ण खेलजगतलाई नै हौसला मिलेको बताउँदै त्यस्तै उपलब्धि दोहोरिने धारणा राखे ।सो अवसरमा राष्ट्रिपति भण्डारीले नेपाली टोलीका नेता खेलकुद मन्त्री मण्डललाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिइन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, सहरी विकास राज्यमन्त्री मञ्जु चौधरी, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

Comment