साइक्लिङ टोलीको बिदाइ

cyclingeभारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली साइक्लिङ टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार बिदाइ गरे । ६ खेलाडीसहित ८ सदस्यीय टोलीलाई बिदाइ गरियो । पुरुषमा आयमान तामाङ, अजय पण्डित क्षेत्री, नारायणगोपाल महर्जन र बुद्धिबहादुर तामाङ रहेका छन् ।महिलामा लक्ष्मी मगर र पुष्पाकुमारी भण्डारी छन् । टिम प्रशिक्षकमा इन्द्रबहादुर महर्जन र व्यवस्थापकमा शैलेन्द्र डंगोल छन् । टोली शनिबार प्रस्थान गर्दैछ ।

Comment