नेपाल भ्रमणको निम्तो

tendi thailande
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पाले थाइल्यान्डका विभिन्न खेल संघमा आबद्ध अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । थाइल्यान्ड ओलम्पिक कमिटी, टेबलटेनिस, लनटेनिस र बास्केटबल संघका अध्यक्षलाई बुद्ध जयन्तीका अवसरमा उनीहरुलाई नेपालको भ्रमण गर्न एनओसीका तर्फबाट निमन्त्रणा दिएको थाइल्यान्डबाट उपाध्यक्ष शेर्पाले जानकारी गराएका छन् । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि प्रशिक्षणमा रहेको विभिन्न खेलको नेपाली टोलीको अवलोकन गर्न उपाध्यक्ष शेर्पा हाल थाइल्यान्डमा रहेका छन् । उनले त्यस अवसरमा नेपाली खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाइ दिएकोमा सम्बन्धित निकायलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताए ।

Comment