सेन्ट जेभियर्स गोदावरीको विजयी सुरुआत

आयोजक सेन्ट जेभियर्स गोदावरी स्कुलले १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।
गोदावरीस्थित आफ्नै मैदानमा सेन्ट जेभियर्सले चेल्सी इन्टरनेसनल स्कुललाई ९–० को भारी गोलअन्तरले पराजित ग¥यो । विजेताका माइकल घले, स्पर्श डोटेल, फिरज महर्जन र आशुतोष घिमिरेले २–२ तथा फ्रान्सिस् तामाङले १ गोल गरे ।
अन्य खेलमा डिफेन्डिङ च्याम्पियन एलआरआई र क्रेसेन्ट एकेडेमी विजयी भए ।
एलआरआईले तनहुँको माया युनिभर्स एकेडेमीलाई ७–० को फराकिलो गोलअन्तरले हरायो ।क्रिस बमले ह्याट्रिक गरे भने डायमन्डजंग थापा र सुशान्त न्यौपानेले २–२ गोल थपे । क्रेसेन्टले डाफोडिल स्कुललाई २–० ले पन्छायो । सयर तामाङ र क्रिस रुम्बाले १–१ गोल गरे ।
प्रतियोगिताको नेपाल जेसिज सोसाइटीका सुपेरियर फादर बोनिफस तिग्गाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १६ टिम सहभागी छन् ।

Comment