नेपालको फराकिलो अन्तरको हार

football1
पाकिस्तानमा सम्पन्न तेस्रो साफ च्याम्पियनसीप महिला फुटबल च्याम्पियनसीपको फाइनलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ । शुक्रबार भएको फाइनलमा भारतले नेपाललाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्यो । भारतलाई लगातार तेस्रो पटक उपाधि दिलाउने क्रममा बालादेबीले चार गोल गरिन् । कमला देवी र रामी देशी असिमले एक एक गोल गरे । २० औ मिनेटसम्म खेल बराबरीको अबस्थामा रहे पनि २६ औ मिनेटमा कमलादेवीले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।
४० औ मिनेटमा बालादेबीले गोल गरिन् । ४३ औ मिनेटमा बालाले अर्को गोल थप्दै प्रतियोगितामा ब्यक्तिगत गोलसंख्या १५ पुर्याइन् । नेपालले त्यस पछि गोलरक्षक चन्द्रादेबीलाई प्रतिस्थापन गर्दै नमीता दलीलाई मैदानमा प्रबेश गराएको थियो । साबीत्रा भण्डारीको प्रहार बारमा लाग्नु नेपालको दुभागर््य बनेको थियो ।
४७ औ मिनेटमा रोमादेबीले भारतका लागि अर्को गोल गरिन् । ५१ औ मिनेटमा बालादेवीले ह्याट्रिक गरिन् भने ९२ औ मिनेटमा बलादेवीले गोल गरिन् । यस अघि नेपाली टोलीले सम्मानजनक पराजयको सामना गरेको थियो ।

Comment