गुरुङ तेक्वान्दो मुख्य प्रशिक्षक

dhurba taekwondo
ध्रुब गुरुङ तेक्वान्दोका मुख्य प्रशिक्षक  भएका छन् । बरिष्ठ  प्रशिक्षक दिपराज गुरुङले प्रमुख प्रशिक्षकवाट दिएको राजिनामा राष्ट्रिय खेलकुद परिषद (राखेप) प्राविधिक कार्यकारी बोर्डले स्वीकृत गर्दै बिहिबार  गुरुङलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको हो । त्यसैगरी राष्ट्रिय टीम तयारी प्राविधिक संयोजकको जिम्मेवारी ओलम्पियन खेलाडी तथा राखेप बोर्ड सदस्य सुरेन्द्र बहादुर हमाललाई दिने निर्णय भयो । कार्यकारी बोर्डले करातेका बरिष्ठ प्रशिक्षक महेन्द्र राईलाई तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकको जिम्मेवारी तोकेको दिइएको छ ।

Comment