साम्बोमा धनञ्जय निर्विरोध

sambofed
धनञ्जय श्रेष्ठलाई पुनः दोश्रो कार्यकालका लागि अध्यक्ष चुन्दै नेपाल साम्बो फेडेरेसनको दोश्रो साधारणसभाले १४ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको छ ।उपाध्यक्षमा राजकुमार श्रेष्ठ र पुरुषोत्तम सिम्खडा, महासचिवमा उत्तम श्रेष्ठ, सह–सचिवमा कृष्णबहादुर राउत तथा कोषाध्यक्षमा विजेन्द्र डंगोल रहेका छन् ।
सदस्यमा सागर थापा, नारायण अधिकारी, निता श्रेष्ठ, दीपक विष्ट, गणेश नेपाल, नारायण खड्का, महेन्द्र लामा र सुरेन्द्रराज सेढाईं चयन भए ।
त्यस्तै अमिर श्रेष्ठ, रमेश पौडेल र बाबुराजा महर्जन उपाध्यक्षमा मनोनित भए । अस्मिला छन्त्याल, सुरेश भण्डारी, युवराज घिमिरे र भास्कर मास्के सदस्यमा मनोनित भए ।
विष्णुगोपाल श्रेष्ठलाई प्रमुख सल्लाहकार, नारायणप्रसाद पौडेललाई वरिष्ठ सल्लाहकार तथा गणेशसिंह विष्ट सल्लाहकारमा चयन भए ।
नवनिर्वाचत पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य नारायणप्रसाद पौडेलले प्रमाणपत्र वितरण गरे भने राखेपअन्तर्गतसंघ संस्था समन्वय शाखा प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । यसअघि राखेप सदस्य–सचिव केशवकुमार विष्टले साधारणसभाको उद्घाटन गरेका थिए ।

Comment