मनांगको जित

मनांग मस्र्यांगदी क्लबले भुटानमा जारी किंग्स कप फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा मनांगले आसिम इलेक्ट्रीसीटीलाई २­१ ले पराजित गर्यो । मनांगले ३४ औ मिनेटमा डुडोजको गोलमा अग्रता लिएको थियो । तथापी यो अग्रता तीन मिनेट भन्दा बढी टिक्न पाएन ३७ औ मिनेटमा आसामका दिपक राइले गोल गरे । त्यसको लगत्तै शिब श्रेष्ठले मैदानको मध्यभागबाट सानदार गोल गर्दै मनांगलाई जित दिलाए । लिग चरणको पहिलो खेलमा मनांग मस्र्यागदी क्लब पुने एफसीसंग पराजित भएको थियो । उतराद्र्धमा सुजल श्रेष्ठले पेनाल्टी अबसर खेर फालेका थिए ।
तस्बिर सभार ः

Comment