खेलकुद महासंघ अन्तरगतको शारिरिक सुगठन संघ गठन

necos1

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय शारिरिक सुगठन संघको केन्द्रिय तदर्थ कमिटी गठन भएको छ । खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलको प्रमुख आतीथ्यता तथा सचिव बद्री अधीकारीको सभापतीत्वमा धुमबाराहीमा बुधबार बसेको भेलाले अरुण थापाको अध्यक्षतामा कमिटी गठन भएको गरेको हो ।
तदर्थ कमिटीको उपाध्यक्षमा मुक्ती राज राइ तथा महासचिवमा पासांग छिरिङ शेर्पा छन् । ध्रुबराज अधीकारी सचिव तथा दिपिका क्षेत्री सचिव चयन भएका छन् । सदस्यहरुमा सबिन प्रकास दनुवार, सागर भट्ट, सन्तोष खड्का,सुरेस लामा, बद्री राइ र विराज थापा रहेका छन् । कुमार श्रेष्ठ, महेश कार्की,सञ्जय गुरुङ्ग, सागर मोक्तान,प्रशान्त लामा,सुर्य बोहरा र दिनेस ढकाल पनि सदस्यमा चयन भए ।

Comment