नेपाल लगातार तेस्रो पटक फाइनलमा प्रवेश

nepali ladies football team

बंगलादेशलाई  १­० ले पराजित गर्दै नेपाल लगातार तेस्रो पटक साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।     इस्लामावादस्थित जिन्ना रंगशालामा बुधबार  भएको खेलमा नेपालका लागि सजना रानाले ेपेनाल्टीमा गोल गरिन् ।  फाइनलमा नेपालले भारतसँग खेल्ने छ । बुधबार भएको  पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ५­० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
नेपालले बंगलादेशलाई साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा बंगलादेशको ककस बजारमा भएको पहिलो साफ च्याम्पियनसिपमा पनि नेपालले बंगलादेशलाई ३­० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
सुरुवाती तीनै सस्करणमा फाइनल प्रबेश गरेको नेपालले यस अघि दुवै पटक भारतसंग हारको सामना गरेको थियो । खेलको पहिलो हाफसम्म उत्कृष्ट खेल प्रर्दशन गर्न नसकेको नेपालले दोस्रो हाफमा भने बंगलादेशलाई दबाबमा राखेको थियो । नेपालकी मिडफिल्डर  सजना रानाले खेलको खेलको ५४ औँ मिनेटमा बंगलादेशकी गोलरक्षक सविना अकतेरले निरु थापालाई खुटृामा समातेपछि पाकिस्तानका रेफी खोरम सेहजादले नेपाललाई पेनाल्टी निर्णय दिएका थिए । यस अघि ४२ औँ मिनेटमा सजनाले करिब २० यार्डबाट प्रहार गरेको बल बायाँ बार नजिकबाट बाहिरिन पुगेको थियो । ७९ औँ मिनेटमा दिपा अधिकारीले डिबक्सबाट हेड गरेको बल बंगलादेशी गोलरक्षक सविनाले विफल बनाइन् ।
खेलको ७१ औँ मिनेटमा डिफेन्स निरु थापाले डि एरियामा दिएको सुन्दर पासलाई सवित्रा भण्डारी गोल गर्नबाट चुकेकी थिइन ।     खेलपछि नेपालका मुख्य प्रशिक्षक कुमार कटृवालले नेपाली टोलीले प्रतियोगितामा दुुई तीन अवसर गुमाएको कारण संघर्ष गर्नु परेको बताए ।
कप्तान अनु लामाले आफनो खुटृामा चोट भएकाले पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्न नसकेता पनि टिमले राम्रो खेलेको प्रतिक्रिया दिइन् । नेपालले पेनाल्टीमार्फत गोल गरेको दुई मिनेट पछि कप्तान लामा चोटग्रस्त भएपछि मैदान बाहिरिएकी थिइन । अनुको स्थानमा सावित्रा भण्डारी प्रवेश गरेकी थिइन ।
यस अघि भएको खेलमा भारतका लागि    भारतको जितमा इन्दुमती कथिरेसाले दुई गोल गरिन भने नगनगोम बाला देवी, इरोम्म प्रिमेसवरी देवी, र यमनाम कमला देवीले समान एक एक गोल गरे । इन्दुमतीले खेलको पहिलो हाफको २३ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् भने ६९ औँ मिनेटमा थप एक गोल गरिन ।
त्यस्तै नगनगोमले खेलको ३२, इरोम्मले ४८,  र यमनामाले खेलको ७३ औँ मिनेट पेनाल्टीमार्फत एक गोल थपिन ।

Comment