अमेरिकामा नेपालीको बहादुरी

ujwol1

मार्सल आर्टको प्रस्ट मतलब बिना हतीयार आत्मसुरक्षा गर्नुकै हो । मार्सल आर्टीस्टको देश नेपालका एक मार्सल आर्टीस्टले अमेरिकामा रहदा समेत आफ्नो क्षमताको रिंगमा मात्र नभइ बास्तबीक जिवनमा समेत प्रस्ट पारेका छन् । सितेरियो करातेका पूर्व खेलाडी उज्वल ठकुरीले दोस्रो डान ठकुरीले १० वटा प्रतियोगितामा पदक प्राप्त गरे । यो सफलता उनले ६ महिनाको अन्तरालमा पाएका हुन् ।
बहुमुखी प्रतिभाका उनी चलचीत्रमा पनि अभिनय गर्ने गर्छन् । यी बहुमखी प्रतिभाका धनी उज्वल एक दिन १४ वटा मुद्धा खेपेका खतरनाम लुटेराको फन्दामा परेका थिए । उनी लुटीएनन्, बरु लुटेरा समाउन प्रहरीलाई सहयोग गरेवापत सम्मानीत पनि भए । कालीमाटीमा जन्मीएर बानेश्वरमा हुर्कीएका उनले अदालतमा भिडियो सहित बयान दिए पछि वासिंघटन प्रहरीले उनलाई सम्मान गरेको थियो । यो समाचार अमेरिकामा चर्चामा रहेको थियो ।
उनले पाच बर्ष अघि तीन जना लुटेराले लुटेका एक महिलालाई पनि त्यत्तिकै सहयोग गरेका थिए । सन् २०१२ को फेब्रुअरीमा एक महिला लुटिदा पनि उनले प्रहरीलाइृ खबर गरी पक्रन सहयोग गरेका थिए । सन् २०१४ मा भने उनी आफैलाई आक्रमण भयो । दुइ लुटेरा मध्य एउटाले पेटीले घाटी थिच्ने र अर्कोले चक्कु निकाल्ने गरे पछि उनी चक्कु प्रहार गर्दा समाए पछि उनी बाचेका थिए । आफूसंग रहेको केही रकम दिए पछि लुटेरा भागेका थिए । एकै छिनमा प्रहरी आइ पुगे पछि उनले ती लुटेरा पक्रन प्रहरीलाई सहयोग गरेका थिए ।

Comment