साग उसु टोली पोखरा प्रस्थान

wushue
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली उसु टोली थप प्रशिक्षणका लागि शुक्रबार पोखरा प्रस्थान गरेको छ । नेपालबाट सागमा १७ उसु खेलाडीले भाग लिने छन् ।सागमा उसुबाट सान्सौंमा ६ पुरुष र ३ महिला गरी ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै थाउलोमा समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी सहभागी हुने छन् ।
सान्सौंको पुरुष ५२ केजीमा १० औं सागका स्वर्णधारी राजकुमार रसाइली, ५६ केजीमा राजेश चौधरी, ६० केजीमा मंगलप्रसाद थारु, ६५ केजीमा सरोज पुन, ७० केजीमा चित्रसिंह ठकुरी तथा ७५ केजीमा १० औं सागका रजत पदक विजेता धनवीर महर्जन सहभागी हुँदै छन् । महिला ५२ केजीमा ११ औं सागकी कांस्य विजेता झरना गुरुङ, ६० केजीमा जुनी राई र ७० केजीमा विन्दु पुन मगरले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
थाउलोको पुरुषमा विजय सिन्जाली, युवराज थापा, हरि गोले र विश्व बुढा मगर तथा महिलामा सुस्मिता तामाङ, निमा घर्ती मगर, सविता राई र ओसिन राईले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।टोलीलाई बिदाइ गर्दै सदस्य–सचिव केशवकुमार विष्टले उसुबाट पदकको आशा गरेकाले खेलाडीलाई अनुशासनमा रहेर गम्भीरतापूर्वक प्रशिक्षणमा ध्यान केन्द्रीत गर्न निर्देशन दिए ।

Comment