बुर्तीबांगको आइटिएफ प्रतियोगिता पर्यटकीय विकासमा सहयोगी

ghame

बाग्लुंगमा १२ र १३ मंसिरमा हुने जनरयल चोइ स्मृती नवौ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताले त्यहाको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । एसियाकै पर्यटकीय गन्तब्य बन्न सक्ने बुर्तीबांगमा आइटिएफप प्रतियोगिता हुन लागेको हो । आयोजक कमिटीका प्रमुख घम बहादुर थापाले एसियाको एक मात्र शिखर आरोहण क्षेत्रको रुपमा रहेको बुर्तीबागमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
थापाले सिनीयर प्रशिक्षकको सहयोगका कारण प्रतियोगितालाई ठूलो सहयोग पुग्ने बताउछन् । बाग्लुंगबासीले यसलाई अबसरको रुपमा लिएको बताउदै उनले मुख्य प्रयोजक रोयल हिमचुली इन्टरनेनसलको सहयोग महत्वपूर्ण भएको बताउछन् । अन्य बाग्लुंगबासीको सहयोग पनि राम्रो रहने आशा रहेको बताउदै उनले राष्ट्रिइ स्तरको प्रतियोगिता आयोजना साच्चै कठिन भए पनि पुरै टिमको सक्रियताको कारण उतकृष्ट ढंगले   सञ्चालन हुनेमा आशाबादी छन् ।
आयोजक कमिटीका हायेन्द्र घर्ती मगर प्रतियोगितालाई एसियाकै एक उत्कृष्ट आइटिएफ प्रतियोगिताको रुपमा स्थापीत गर्ने लक्ष्य रहेको बताउछन् । उनले सिंगो आइटिएफ परिवार एक ढिक्का भएका कारण यो सम्भब हुने बताए । घम एसियाली आइटिएफ तेक्वान्दोमा नै नेपाल एक उत्कृष्ट देश भएका कारण यो प्रतियोगिताले नेपाली आइटिएफले अझ माथिल्लो उचाइ पाउने बताउछन् ।
रोयल हिमचुलीका प्रमुख किरण घायलले ब्यबसायीक ब्यक्तिको सामाजीक जिँम्मेवारीका विषयलाई गहनताका साथ बुझेर प्रायोजन गरेको बताए । उनले यो प्रतियोगिताले बाग्लुंगको आइटिएफ खेल अझ माथिल्लो उचाइमा पुग्ने बताए । उनले हरेक ब्यबसायीले सामाजीक जिम्मेवारी कहन गर्दै खेलकुदलाई सहयोग गे खेल क्षेत्रले फड्को् मार्ने सम्भावना ब्यक्त गरे ।

Comment