बेसबलको तालिम सम्पन्न

baseball1

बुढानिलकण्ठ आवासिय माध्यामिक बिद्यालयले मैत्रिपुर्ण बेसबल प्रतियोगितामा नोब्स स्कुललाई ५ रनले हराउदै उपाधि हात पारेको छ । बुढानिलकण्ठ स्कुलको खेल मैदानमा मंगलबार सम्पन्न तीन इन्डिङको फाईनल खेलमा बुढानिलकण्ठले १९ रन बनाउदा  र नोब्सले १३ रन मात्र बनाउन सफल भयो ।
नेपाल बेसबल एण्ड सफ्टबल संघको आयोजनामा संचालन भएको एक हप्ते बेसबल क्लिनिक पनि सम्पन्न भएको छ । बेसबल खेलको बिकास र बिस्तारका लागि अमेरिकाबाट क्लर्क लामबर्डको नेतृत्वमा नेपाल आएका ११ सदस्य बेसबल बिज्ञाहरुले बिभिन्न ८ बिद्यालयका बिद्यार्थीलाई  तालिम दिएका थिए । सो अवसरमा आयोजक संघका पदाधिकारी उपस्थिति रहेको थियो ।

Comment