नेपाल पहिलो चरणबाट बाहीर

saff losseनेपाल साफ सुजुकी च्याम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो चरणबाट बाहीरिएको छ । आइतबार भएको खेलमा भारतसंग ४–१ ले पराजित भए पछि नेपाल पहिलो चरणबाट बाहीरिएको हो । हालसम्म पहिलो चरण पार गर्न नसकेको नेपालको काठमाडडौंमा सन् १९९७ मा भएको पहिलो साफ च्याम्पियनसीप पछि यो नै सबैभन्दा खराब नतीजा हो । त्यस समयमा पनि नेपाल पहिलो चरणका दुवै खेलमा पराजित भएको थियो भने पाच गोल खाएर एक गोल गरेको थियो ।
भारतसंगको आइतबार भएको खेलको जितका लागि खेलेको नेपालले तस्रो मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । त्रीवेन्द्रमको ग्रीनफील्ड रंगशालामा भएको खेलमा  नवयुग श्रेष्ठको प्रहार बारमा लागे पछि विमल घर्तीमगरले रिबाउन्डमा गोल गरेका थिए ।२६ औ मिनेटमा नारायण दासको फ्रिकीकमा गोल गर्दै बर्गेसले भारतलाई खेलमा फर्काए । आदीत्य चौधरीबाट निकै पटक रोकीएका सुनील क्षेत्रीले ६७ औ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए  । ७० औ मिनेटमा चौधरीले सुनीललाई एक पटक रोके भने आठौ मिनेटमा पनि उनी सुनीललाइ रोक्न सफल भएका थिए । यस अघि आठौ मिनेटमा पनि चौधरीले सुनीललाई गोल गर्नबाट बन्चीत गरेका थिए । भारतीय टिनएजर चान्टाजे लियानजेउलाले ८१ औ र ९० मिनेटमा गोल गरे । उनको घुमाउरा प्रहार नेपाली गोलरक्षक किरण चेम्जोंगले रोक्न नसके पछि भारतले तेस्रो गोल गरेको थियो ।
नेपालका प्रशिक्षक प्याट्रिक अजुम्सले युवा टोलीको प्रदर्शनमा सन्तोष ब्यक्त गरे । उनले बराबरी गोल पछि जितका लागि खेल्न जरुरी भएको बताए । भारतीय प्रशिक्षक स्टेफन कन्सन्टाइनले स्कोरलाइनले देखाए जस्तो खेल एक पक्षिय नभएको र प्रतिस्पर्धात्मक भएको प्रतिक्रिया दिए ।

Comment