अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत

samman1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७०÷७१ मा भएका विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार प्रोत्साहन स्वरुप नगद पुरस्कारबाट पुरस्कृत गरेको छ ।

आर्थिक बर्ष ७०÷७१ मा विभिन्न खेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भइ पदक प्राप्त गर्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप वितरण गरिने रकमको परिधिमा रही एक खेलाडी एक पदकको अवधारणा अनुरुप जम्मा १ सय ६६ पदक विजेता खेलाडीलाई ७ लाख ६८ हजार ४ सय नगद प्रदान गरियो ।

२८ पदक विजेतालाई ८ हजार ८ सय, ५९ लाई ५ हजार ५ सय र ७९ लाई २ हजार ५ सयका दरले पुरस्कार दिइयो । साग, एसियन गेम्समा समावेश खेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नेलाई ८ हजार ८ सय, सागमा समावेश खेलहरुको अन्तराष्ट्रिय प्रतियोगितामा रजत पदक प्राप्त गरेका र अन्य लोकप्रिय खेलमा स्वर्ण प्राप्त गर्ने खेलाडीलाई ५ हजार ५ सय तथा सागमा समावेश खेलहरुको अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य हासिल गरेको र अन्य लोकप्रिय खेलहरुमा रजत जित्ने खेलाडीलाई २ हजार ५ सय रुपिया पुरस्कार प्रदान गरिएको हो ।

Comment