निसा र सरस्वतीको भिडन्त मंगलबार

boxing1
दक्षिण कोरियाको जेजुमा जारी आइबा महिला बक्सींग बिश्व च्याम्पियनसीपमा नेपाली खेलाडी सरस्वती रानाले पहिलो चरणमा स्पेनकी खेलाडी जेनिफर मिरान्डा माक्युन्डाको सामना गर्ने छिन् । सरस्वतीले प्रतिस्पर्धा गर्ने ६० किलो तौल समुहमा ४० खेलाडीको सहभागिता रहेको छ । यसैगरी, निसा तामांगले प्रतिस्पर्धा गर्ने ५४ किलो तौल समुहमा ३४ खेलाडी सहभागि छन् । निसाको पहिलो भिडन्त टर्कीकी आयसेताससंग हुने भएको छ ।  दुवै नेपाली खेलाडीले पहिलो खेल मंगलबार खेल्ने छन् । पुरुष र महिलाको १० तौल समुह समाबेश प्रतियोगितामा ७२ देशका ३३० खलाडी सहभागि छन् ।

Comment