मनांगको पहिलो खेलमै हार

MMC1
सिक्कीममा जारी गभनर्स गोल्डकप फुटबल प्रतियोगितामा नेपाली टोली मनांग मस्र्याङदी क्लब पहिलो खेलमा पराजित भएको छ । आइतबार भएको खेलमा पुने एफसीले मनांगलाई एकका विरुद्ध दुइ गोलले पराजित गर्यो । नेपाली टोलीका लागि दिपक राइले गोल गरे । १८ औ मिनेटमा भारतका अन्तराष्ट्रिय खेलाडी अराटा इजुमीको गोलमा अग्रता लिएको पुनेका लागि इरिक ब्राउनले ६० औ मिनेटमा गोल गरे । बैकल्पीक खेलाडी दिपक राइले ८१ औ मिनेटमा गोल गरे पनि त्यो मनांगको हार जोगाउन पर्याप्त भएन । नेपालले बुधबार आसाम इलेक्ट्रीसीटीसग खेल्ने छ । तस्बिर सौजन्य ः गिभ मि गोलडटकम

Comment