सफ्टटेनिस खेलाडीको बिदाई

soft tennis1
मित्र राष्ट्र भारतको गुजरातमा दोश्रो विश्व जुनियर सफ्टेनिस प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको आईतवार सदस्य सचिव युवराज लामाले बिदाई गरेका छन् । संघका सदस्य मनिस ढुंगेलको नेतृत्व गरेको टोलीका पुरुष खेलाडीमा प्रदिप खत्री,सहदेव बिक्रम बाँनीया र विजेश पाण्डे तथा महिला खेलाडीमा आयुष्मा रंजित र कृपा शर्मा रहेका छन् । विश्वका २२ राष्ट्रको सहभगिता रहने प्रतियोगितामा नेपालले एकल र युगल जोडिमा प्रतिस्पर्धा जनाउने छ । मंसिर ३ देखि ८ सम्म संचालन हुने प्रतियोगिताको महिला प्रशिक्षकको भुमिकामा सोहन धौभडेल र पुरुषमा मनोज सुब्बा रहेका छन् ।

Comment