रेश्मा र बिकेश उत्कृष्ट

prayag pokhari1
नेपाल सितेरियो कराते डो प्रयाग पोखरी शाखा डोजोले शनीबार आयोजना गरेको ग्रेडिंगमा विकेश श्रेष्ठ  र रेश्मा सुनुवार उत्कृष्ट भए । डोजोका अध्यक्ष गोपाल मर्हजन र बरिष्ठ प्रशिक्षक तथा उपाध्यक्ष मनोज न्याछ्योको उपस्थितीमा डोजोको प्रशिक्षण स्थल प्रयागपोखरीमा भएको ग्रडिंगबाट आठ जना खेलाडी पर्पलबाट ब्राउनमा बढुवा भएका छन् । ब्राउनमा बढुवा हुनेमा विकेश श्रेष्ठ,सुबास देउला, दिलन लोप्चन, स्माइल थापा,यचु श्रेष्ठ,रुपेस श्रेष्ठ,रेश्मा सुनुवार र विपिन श्रेष्ठ छन् । ग्रीनबाट पर्पलमा बढुवा हुनेमा सामुयल राइ र  रोजन तामांग छन् । आयुष तामाग र प्रशिद्ध श्रेष्ठ अरेन्जबाट ग्रीनमा बढुवा भए । सम्मानचन्द्र कारञ्जित, निश्चल घिमिरे, राजन कोइराला, किरण माझी, शुष्मा सुनुवार, विजय पन्त र प्रीन्स गुप्ता छन् ह्वाइटबाट अरेन्जमा बढुवा भए ।

Comment