मोहन क्यानाडाका खेलाडीसंग पराजित

mohan bam2
अस्ट्रेलियमा जारी ओसीयाना ओपन जुडो प्रतियोगिताको पहिलो चरणमा नेपाली खेलाडी मोहन बम क्यानाडाका खेलाडीसंग पराजित भएका छन् । उनी रिंगमा तीन मिनेट टिकेका थिए । सन् २००० मा भएको ओलम्पिक पछि अस्ट्रेलियामा भएको यो नै सबैभन्दाा ठूलो प्रतियोगिता भएको जनाइन्छ । मोहनले ६० किलो तौल समुहमा सहभागिता जनाएका थिए ।
कैलालीका स्थायी बासिन्दा उनको गृह नगर धनगढीमा भएको छैठौ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता हुन् । खेलकुद न्युजडटकमसंगको कुराकानीमा मोहनले यो प्रतियोगिताको अनुभब महत्वपूर्ण भएको बताएका छन् ।

 

Comment