तेस्रो राष्ट्रिय हर्ष शो टुर्नामेन्ट सम्पन्न

horse riding 2 इत्तिहाद तेस्रो राष्ट्रिय हर्षशो टुर्नामेन्ट सुक्रबार टुडिखेलमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद र नेपाली सेना सेनाको विशेष सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपाल इक्वेष्ट्रियन संघले आयोजना गरेको हो । २३ घोडचढीको प्रतिस्पर्धामा सम्पन्न प्रतियोगितामा १२ घोडचढी युवाहरुले पनि प्रदर्शनी गरेका थिए ।
इत्तिहाद तेस्रो राष्ट्रिय हर्ष शो टुर्नामेन्टमा तीन विधा राखिएको थियो । जसमा शो जम्प, टेन पेजीङ र हाईजम्प रहेका थिए । शोजम्प तर्फ जगदीश घिसिङ, रामहरी खड्का र लालबहादुर कुवर क्रमश ः प्रथम, द्धितीय र तृतीय भएका थिए । त्यसैगरी टेन पेजीङमा राजेन्द्र थापा, रामकृष्ण एसी र पर्शुराम मगर शिर्ष तीन स्थानमा रहे । प्रतिस्पर्धाको अर्को विधा हाईजम्प तर्फ राजेन्द्र थापा, करन चौधरी र लालबहादुर कुवर शिर्ष तीन स्थानमा रहे । उनीहरुले  क्रमश ः २५, १५ र १० हजार रुपिया पुरस्कार पाए  । कार्यक्रममा आकांक्षा, अंजली र संमोहन नामका घोडाहरुलाई विधागत रुपमा उत्कृष्ट घोषणा गरिएको थियो । चिल्ड्रेन राइड र लेडिज सिक्सवार शोले कार्यक्रमलाई रोमांचक बनाएको थियो । कार्यक्रम नेपाल इक्वेष्ट्रियन संघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डे रहेका थिए ।

Comment