आरोही अल्ट्रा धावक संञ्जयको विदाई

sanjaya pandit resize
उल्टो हिडेर अष्ट्रेलीयाको सर्वोच्च शिखर आराहण गर्ने घोषणा गरेका अल्ट्रा धावक एवं किर्तिमानी हिम आरोही सञ्जय पण्डितलाई विहीवार युवा तथा खेलकुद मन्त्रालयमा विदाई तथा शुभकामना प्रदान गरिएको छ । माउण्टेनेरिङ्ग तथा रक क्लाइमिङ्ग संघ नेपालले गरेको विदाई एवं शुभकामना कार्यक्रममा संघका कार्यवहाक अध्यक्ष पुस्कर शाहले हिउ बन्चरो नेपालको राष्ट्रिय झण्डा तथा संघको झण्डा चुचुरोमा झहराउनको लागि हस्तान्तरण गरे ।
धावक पण्डितले आफु उल्टो हिडेर सफलतापुर्वक आरोेहण गर्ने कुरामा आफु विश्वस्त रहदै अष्टे«लिया दश ठुला पर्वत आरोहण गर्ने कुराको जानकारी दिदै सबै चुचुरामा नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा भादगाउले टोपी र राष्ट्रिय गित घन्काई किर्तिमान बनाउन लागेको कुराको पनि खुलासा गरे । कार्यक्रम संघका महासचिव मेघराज पौडेलले संचालन गरेका थिए । संजय शुक्रबार  अष्टे«लिया तर्फ प्रस्थान गर्दै छन ।

Comment