भुटानसंग नेपालको सानदार जित

तेस्रो साफ च्याम्पियनसीप महिला फुटबल च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ । पाकिस्तानमा बुधबार भएको खेलमा नेपालले भुटानलाई ८(० ले पराजित गर्यो । नेपालका लागि दिपा अधीकारी,सजना राना र कप्तान अनु लामाले दुइ दुइ गोल गरे । मेनुका गीरी र साबित्रा गीरीले एक एक गोल गरे । जित पछि नेपालको दोस्रो चरणको बाटो खुला भएको छ । दोस्रो चरणमा नेपालले अर्को समुहबाट उपविजयी हुने पाकिस्तानसंग खेल्ने सम्भावना प्रबल छ । पाकिस्तानले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासंग पराजयको सामना गरेको थियो ।
प्रतियोगिताको अघिल्लो दुवै सस्करणको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो ।

Comment