नेपाली खेलकुदको सबैभन्दा महत्वपूर्ण तेक्वान्दो नै हो ।

तकाठमाडौं, ११  फाल्गुन । यदी नेपाली खेलकुदका स्वर्णीम र गौरवान्वीत दिन र घटनाका इतीहास लेखियो भने त्यो इतीहासका आधा भन्दा बढी पाना तेक्वान्दोले नै भरिएका हुनेछन् । ती गौरवका गाथाहरु अब इतीहासका पाना मात्र भएका छन् । नेपाली तेक्वानदोको साख गीरेको अबस्था छ । समय यत्तिसम्म भइसक्यो की विगतका सफलताका पानाहरु पछिल्लो पुस्ताका लागि हावादारी गफ जस्तो पनि लाग्न सक्छ । खेल परिणामको कुार आफ्नो ठाउमा छ । विगतको जस्तो परिणाम छैन, सफलता कम हुदै गएका छन् । आम ब्यक्तिमा तेक्वान्दोको ‘चार्मीङ ’ कम छ । तथापी नेपालका अन्य खेलमा नभएका थुप्रै सकरात्मक पाटा अद्याबधी यसै खेलमा यसै खेलमा छन् ।

वार्षिक साधारण सभा, राष्ट्रिय प्रतियोगिातको आयोजना , निरन्तर प्रतियोगिता, अन्तराष्ट्रिय प्रतियोगितामा सहागिता, संगठनीक अनुशषान र चुस्त ब्यबस्थापन नेपाली तेक्वान्दोका परिचय हुन् । यसै कारण नेपाल तेक्वान्दो संघ अन्य भन्दा पृथक र महत्वपूर्ण पनि छ । संगठीत छ र सबै तेक्वान्दोकर्मी आफैमा गर्व गर्छन् । यसै तेक्वान्दो संघले बर्षको अन्त्यतीर पोखरामा आयोजना गरेको तेस्रो साधारण सभा देखि यसै कुरा बहस चलेको थियो । यसै बर्ष झपामा भएको साधारण सभामा पनि यसको विसकाबारे बारे छलफल गर्दै नया नेतृत्व चयन गरेको थियो ।
साधारण सभामा नेपाली तेक्वान्दोले पछिल्लो समय भोगेको समस्या रचुनौतीका बारे दुइ दिनसम्म बहस र छलफल हुने छ । चितवनमा सम्पन्न दोस्रो साधारणले १७ करोड रुपियाको एकडमेी निमार्ण गर्ने महत्वाकांक्षी निर्णय गरे पनि राज्य पक्षले दुइ बर्षको अबधीमा ९० लाख रुपिया मात्र निकास गर्नु दुखद भएको तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले बताए । विगतमा गर्वीलो इतीहास बोके पनि राज्य पक्षबटा अबसर र सुबधिा दिन सवालमा पनि नतीजालाई आधार मान्न भन्दा पनि दामासाहीका सोच विकसित गर्दै तेक्वान्दाकर्मील खेल क्षेत्रमा पुर्‍याएका योगदानलाइृ सधैभरी राज्य पक्षल अबमुल्यन गरेका आरोप समत महासचिवको छ ।
कार्यक्रममा बर्षभरिका उत्कृष्ट नतिजा ल्याएका डोजाङलाई सम्मानीत गरियो ।  सम्मनीत हुनमा युनिभर्स तेक्वान्दो डोजाङ कास्की, काठमाडौं तेक्वान्दो डोजाङ, धरान सुनसरी तेक्वान्दो डोजाङ, खुमल तेक्वान्दो डोजाङ, ९४ तेक्वान्दो डोजाङ दाङ, भैरहवा तेक्वान्दो डोजाङ र सल्लाघारी तेक्वान्दो डोजाङ रहे । चितवन तेक्वान्दो डोजाङ, बारा तेक्वान्दो डोजाङ र नौमुले तेक्वान्दो डोजाङ दैलेखलाई उत्कृष्ट डोजाङको सम्मानपत्रसहित ३० हजार बराबरको खेल सामग्री प्रदान गरिएको थियो।कोटेश्वर तेक्वान्दो डोजाङ र स्युचाटार तेक्वान्दो डोजाङलाई सर्वोत्कृष्ट डोजाङको पुरस्कार प्रदान गरियो ।

Leave A Response