कंग्रेसमा नेपालको उपस्थिती महत्वपूर्ण

karate congress1

जर्मनमा १ देखि नौ नोभेम्बरसम्म भएको बिश्व कराते महासंघको कंग्रेसमा नेपाललले सहभागिता जनायो । नेपालको तर्फबाट महासंघका सदस्य बि आर मित्रले सहभागिता जनाएका थिए । कंग्रेसमा सहभागिता जनाएर नेपाल फर्केका मित्रलाई महासंघका महासचिव केदार बाबु सिबाकोटीले स्वागत गरे ।

कंग्रेसमा करातेको विकास र विस्तारकोे बारे छलफल भएको मित्राले जनाए । कंग्रेसले स्पेनका इस्पेनियोस एन्टेनियोसलाई अध्यक्षमा निरन्तरता दियो । कंग्रेसकै संगै भएको प्रतियोगितामा बिसन सिंह खड्का लगायत खेलाडीको सहभागिता रहेको थियो ।

Comment