सातौ राष्ट्रिय खेलकुद फागुनमा

board meeting1
पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन महिनामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष सत्यनारायण मन्डलज्यूको अध्यक्षतामा सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको परिषदको १०४ औं बोर्ड बैठकले मंसिर ११–१८ गते हुने भनिएको सातौ राष्ट्रिय प्रतियोगिताको मिती परिर्वतन भएको छ ।  देशको विषम परिस्थितीका कारण निर्धारित मितिमा आयोजना गर्न असमर्थ भएका कारण फागुनको १८ देखि २३ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । यस्तै राष्ट्रिय प्रतियोगिताको लागि क्षेत्रिय छनोट प्रतियोगिता फागुनको १२ देखि १५ गते सम्म संचालन गर्ने समेत परिषद् बोर्ड बैठकले निर्णय गरेको छ ।
बैठकले नवनियुक्त मन्त्रीको कार्यकालको सफलताको शुभकामना प्रस्ताव पारित गर्नका साथै छिमेकी राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं एशियाली खेलकुद प्रतियोगितालाई व्यवस्थित तथा मर्यादित रुपमा तयारी गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टको संयोजकत्वमा तयारी तथा सहभागिता समिति गठन गर्ने निर्णय समेत गरेको छ । दक्षिण एशियाली खेलकुद प्रतियोगिता माघ महिनाको २३ देखि फागुन ४ गते सम्म आयोजना हुने छ ।
यसका साथै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने २३ वटा खेलका राष्ट्रिय संघ र सम्वन्धित सरोकारवालाहरुसंग छलफल गरि एक हप्ता भित्र अनुमानित बजेट तयार पारी युवा तथा खेलकुद मन्त्रालयमा पठाउने बैठकले निर्णय ग¥यो ।
१२ औं सागमा नेपालले एथलेटिक्स (महिला÷पुरुष¬), आर्चरी (महिला÷पुरुष), ब्याडमिन्टन (महिला÷पुरुष), बास्केटबल (महिला÷पुरुष¬), बक्सिङ्ग (महिला÷पुरुष¬), साईक्लिङ्ग (महिला÷पुरुष¬), फुटबल (महिला÷पुरुष¬), ह्यान्डबल (महिला÷पुरुष¬), हक्कि (महिला÷पुरुष¬) र  जुडो (महिला÷पुरुष¬)मा सहभागिता जनाउने छ । यसैगरी,  कवड्डी (महिला÷पुरुष¬), खोखो  (महिला÷पुरुष¬), शुटिङ्ग (महिला÷पुरुष¬), स्क्वास (महिला÷पुरुष¬), पौडी (महिला÷पुरुष¬), टेबल टेनिस   (महिला÷पुरुष¬), तेक्वान्दो (महिला÷पुरुष¬), टेनिस (महिला÷पुरुष¬), ट्राईयाथलन (महिला÷पुरुष¬), भलिबल  (महिला÷पुरुष¬), भारोत्तोलन (महिला÷पुरुष¬), कुस्ती (महिला÷पुरुष ) र उसु (महिला÷पुरुष¬) मा सहभागिता जनाउने भएको छ ।

Comment