मनकामना दर्शनको फुटबललाई साथ

pokhara football1
मनकामना दर्शन प्रालीले यो बर्ष देखि कास्की जिल्ला फुटबल संघलाई प्रायोजन ागर्ने भएको छ । मनकामना दर्शनका तर्फबाट प्रवन्ध निर्देशक राजेश बाबु श्रेष्ठ र कास्की जिल्ला फुटबल संघका तर्फबाट अध्यक्ष धर्मबहादुर लामीछानेले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यस बापत मनकामना दर्शनले बार्षिक रुपमा १० लाख दिने भएको छ । विगत तीन बर्षदेखि सुजल फुडको उत्पादन सफल दुधको नाममा सफल पोखरा कपको नाममा संचालन हुंदै आईरहेको प्रतियोगिता आगमी तीन बर्ष मनकामना केवलकार पोखरा कपको नाममा संचालन हुने प्रायोजना सम्झौता कार्यक्रममा बताईयो ।
उक्त अवसरमा बोल्दै उप प्रधानमन्त्री सिंहले खेलाडीहरुको कला कौशलता प्रर्दशन गर्ने र प्रतिभा निखार्ने ठाउँ प्रतियोगिता भए पनि प्रतियोगिता संचालन गर्न र आर्थिक ब्यवस्था गर्न आयोजकलाई कठिनाई हुने भएकोले निजी क्षेत्रलाई खेलकुदमा प्रायोजन गर्ने सस्कृतीका विकास गर्नु पर्ने भनाई राखे ।
मुख्य प्रायोजक मनकामना दर्शनका प्रवन्ध निर्देशक राजेश बाबु श्रेष्ठले व्यावसायीक सामाजिक दायीत्व अन्तरगत खेलकुदमा चासो दिएको बताए ।

Comment