साम्बो टोली मोरक्को जाने

samboo1
विश्व साम्बो च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार मोरक्को जाने भएको छ । नोभेम्बर ११ देखि १६ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत साम्बो स्पोर्ट्सको ६२ केजीमा हेमप्रभ खत्री र ६८ केजीमा गोपाल पुन मगरले प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा नेपाल साम्बो महासंघका कार्यवाहक महासचिव उत्तम श्रेष्ठ रहेका छन् । श्रेष्ठका अनुसार प्रतियोगितामा ८५ भन्दा बढी राष्ट्रको सहभागिता रहनेछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

Comment