मन्डे र चन्चलाई एकल काता स्वर्ण

mANDAY SHRESTHA1

राष्ट्रिय टिमकी चन्चला दनुवार र नेपाल प्रहरीका मन्डेकाजी श्रेष्ठले सर्वमान्य नेता स्व. गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा आयोजित ४४ औं राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा सोमबार स्वर्ण जितेका छन् । ललितपुरको चापागाउँमा भएको प्रतियोगिताको महिलामा चन्चलाले प्रहरीकी निर्मला तामाङ तथा पुरुषमा मन्डेले एपीएफका अनिल चौधरीलाई फाइनलमा पछि पारे । दुवै ५(० को समान नतिजामा विजयी भए । सेमिफाइनलमा मन्डेले राष्टिय टिम एवं ११ औं सागका कांस्य विजेता पर्शुराम बाँस्तोलालाई ३(२ ले हराएका थिए । मन्डे एसियाडमा डब्लुकेएफको मान्यताप्राप्त पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा रहेको कराते महासंघको प्रतिनिधीत्व गर्दै बैकल्पीक खेलाडीको रुपमा एसियाडमा पुगेका थिए ।
गणेशमान सिंह शान्ति प्रतिष्ठान, नेपाल र राखेपको मान्यताप्राप्त नेपाल कराते महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला टिम कातामा राष्टि??य टिम पहिलो भयो । शुभद्रा श्रेष्ठ, संगीता डंगोल र सुमन लामा सम्मिलित राष्ट्रिय टिमले मध्यमाञ्चलका अप्सरा मोक्तान, मन्दिरा थापा मगर र अलिस्ता सुवेदीलाई हराए ।
सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझाए ।        सोही स्पर्धाको पुरुषमा पनि राष्ट्रिय टिमकै सुवास कार्की, डम्बर आले मगर र सानुकुमार रुम्बा च्याम्पियन बने । उक्त टिमले सुदूरपश्चिमाञ्चलका चंख कार्की, जगत धनुक र शेर धनुकलाई हराए । मध्यमाञ्चल र प्रहरी तेश्रो बने । कुमुतेको पुरुष ८४ केजीमाथि डिगम्बरप्रसाद पन्तले स्वर्ण जिते । फाइनलमा उनले नेपाली सेनाका सीताराम विकलाई १४(१० ले हराए ।  प्रतियोगिताको राष्टि??य खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री सुशील कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन तथा आठौं र नवौं सागका स्वर्णधारी करातेका दीपक श्रेष्ठलाई खेलकुदको विकास र विस्तारमा योगदान पु¥याए वापत ताम्रापत्र प्रदान गरी सम्मान गरेका थिए । त्यसै अवसरमा प्रधानमन्त्री कोइरालाले आयोजक प्रतिष्ठानका अध्यक्ष रामकृष्ण चित्रकारद्वारा लिखित र सम्पादित सर्वमान्य नेता गणेशमान सिंह संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन पनि गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आर्थिक अवस्था न्युन भएकाले अन्य देशका खेलाडीलाई झै नेपाली खेलाडीलाई सुविधा दिन नसकेको बताए । उनले
तोकिएकै समयमा संविधान आउने बताए ।         तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, प्रहरी, सेना, एपीएफ, विश्विद्यालय र राष्टि??य टिमका २ सय २० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । दोश्रो दिन मंगलबार ९ स्वर्णका लागि भिडन्त हुनेछ ।

Comment