राइ र खड्काबाट डिप्लोमा कोर्ष पुरा

arjun and fadindra

दक्षिण कोरियामा सम्पन्न तेक्वान्दो मल्टी डिप्लोमा कोर्ष पुरा गरी नेपालका फणीन्द्र खड्का र अर्जुन राइ नेपाल फर्र्कीएका छन् । कोर्षमा एरोबिक्स, नेरोबीक, डेमोन्सट्रेसन, पुम्से,गेरोगी, फिजिकल ट्रनिंग र  एनोटेमी लगायत विषयमा सैद्धान्तीक र ब्यबहारिक अध्ययन गरेका थिए । यो कोर्ष पुरा गर्ने नेपालीको संख्या पाच पुगेको छ । यस अघि अर्जुन बिक, इन्द्र मान तुलाधर र गोबीन्द प्रसाद शर्मा उपाध्यायले यो कोर्ष गरेका थिए । ४१ देशका गरी कुल १ सय ५० भन्दा बढीले कोर्ष पुरा गरेका थिए ।
बिश्व तेक्वान्दो महासंघ र क्योंग ही बिवाश्वविद्यालयलले संयुक्त रुपका कोर्ष आयोजना गरेका थिए । कोर्ष २० अक्टोबर देखि नोभेम्बर ३ सम्म सञ्चालन भएको थियो । नेपाल तेक्वान्दो संघको प्रतिनिधीत्व गर्दै उनीहरु सहभागी भएका थिए । राइ र खड्काले कोर्ष उपलब्धी मुलक भएको बताए ।
यी दुवै तेक्वान्दोकर्मीलाई कोरियामा रहदा त्यहाका नेपालीले राम्राृ सद्भाद राखेको अर्जुन बताउछन् । कोरियामा रहेका नेपालीहरुले खेलकर्मीलाई साच्चै सहयोग र सम्मानजनक ब्यबहार गर्ने गरेको राइको अनुभब छ । यस क्रममा कराते पृष्ठभुमी भएका पारस राइको सहयोग अझ महत्वपूर्णा रहेको अर्जुन बताउछन् । साथै कोरियाय एनआरएन पनि नेपाली खेलकुदको विकासमा सकरात्मक भएको अर्जुनको बुझाइ छ ।

Comment