नेपालको विजयी सुरुवात

नेपालले एसीसी यु)१९ प्रीमीयर लिगमा विजयी सुरुवात गरेको छ । आइतबार  कुबेतको सुलबैया मैदानमा भएको खेलमा नेपालले साउदी अरेबीयालाई १९५ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले छाडेको ३२२ रनको विसाल लक्ष्य पछ्याएको साउदी अरेबीया ३७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १२६ रनमा सिमित भयो । साउदी अरेबीयाका लागि फैसल खानलृ ३१ बलमा ४१ रन जोडे । यसैगरी, समिर हकिमले ४३ रनको योगदान गरे । नेपालका सुसील कडेलले १० ओभरमा ३५ रन खर्चीदै तीन विकेट लिए । यसैगरी, दिेपेस श्रेष्ठ र सुनील धमलाले दुइ दुइ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले एक बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै ३२१ रन जोडेको थियो । नेपालका शंकर रानाले ८२ बलमा ८९ रन जोडे । उनको पारीमा ११ चौका र दुइ छक्का समाबेश थियो । यसैगरी, राजु रिजालले ४९ रन जोडे । दिपेन्द्र सिह ऐरीले ३२ बलमा ४२ रन जोडे ।

 

Comment