बीमलालाई सम्मान

bimalaराज्यको खेलकुद निकायकै अबरोधका बाबजुद एसियाडमा सहभागिता जनाउदै पदक प्राप्त गर्ने विमला तामांगलाई शनीबार उनी आबद्ध बालाजु कराते डो एकेडेमीले सम्मान गर्यो । उनलाई सम्मान स्वरुप २ लाख ५० हजार रुपिया प्रदान गरियो । कार्यक्रमका प्रमुख अतीथी एमाओबादीका सचिव तथा संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले राज्यको लगानी भएका २ सय भन्दा खेलाडीले पदक नजीत्नु र  राज्यको लगानी बिनाकी खेलाडीले पदक जित्नु गम्भीर विषय भएको र यो मुद्धा ससदमा समेत उठ्ने जनाए । उनले यो घटनाले राज्यको खेलकुद नेतृत्वको नैतीकता माथि नै प्रश्न चिन्ह खडा भएको बताए । सम्मान कार्यक्रममा बोल्दै सभाषद परशुराम तामांगले पनि यसले राज्यको खेलकुद निकायको अबस्था प्रस्ट पारेको बताए । सभाषद तथा शिक्षाविद लक्ष्मण राजबशीले यो मुद्धालाई त्यत्तिकै सेलाउन नदिने बताए । अन्तराष्ट्रिय रेफ्रि प्रकास मोहन धौबडेलले राज्यको खेलकुद नेतृत्व नै समस्याको कारक भएको जोड दिए ।
बालाजु कराते एकेडेमीका प्रमुख  ध्रुब विक्रम मल्लले अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी माथि राज्य पूर्वाग्रही भएको आरोप लगाए ।
सन् २०१२ मा दुबइ ओपनकी स्वर्ण पदक विजेता बिमलाले खेल जिवनमा ४० भन्दा बढी उपाधि जिते पनि राज्यले अबमुल्यन गरेको आरोप लगाए । उनले सन् २०१३ मा मलेसियामा भएको एसियन च्याम्पियनसीप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसीपमा सबै टोली तथा खेलाडी आफ्नै खर्चमा जादा समेत राज्यको निकाय पूर्वाग्रही भएको बताए ।
उनले अफीसियल करातेका १७ सघ तथा टेक्नीकल कमिटी, रेफ्रि काउन्सील , एकेएफ र डब्लुकेएफको समन्वयमा कराते सम्बन्धी विवाद समाधानको उपाय हुदा हुदै हेपाहा र बल मिच्याइ प्रबृत्तीको कारण समस्या बढेको बताए ।  कार्यक्रममा मानब अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. प्रकास चन्द्र श्रेष्ठले तामांगलाई सम्मान स्वरुप २५ हजार रुपिया प्रदान गरे । उनले बिमलालाई सस्थाको ब्रान्ड एमबसडेर समेत घोषित गरे । बालाजु कराते एकडेमीका पूर्व महासचिव राजन खत्रीले पनि सम्मानस्वरुप १० हजार रुपिया प्रदान गरे ।

Comment