ब्वाइज युनियन टिम च्याम्पियन

taekwondo1

दोश्रो ‘डोर टु डोर’ तेक्वान्दो प्रतियोगिता अन्तर्गत ब्वाइज युनियन तेक्वान्दो डोजाङ शनिबार टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वर भेगका विभिन्न १२ टिम सहभागी प्रतियोगितामा ब्वाइज युनियन टिम च्याम्पियन बनेको हो ।
नेपाल तेक्वान्दो संघ, काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित प्रतियोगितामा ब्वाइजयुनियनले ७ स्वर्ण, ५ रजत र २ कांस्य जितेको डोजाङ प्रमुख राजेन्द्र खत्रीले जनाएका छन् ।
ब्वाइज युनियनलाई पार्वती गुरुङले ५२ केजीमुनि, सागर मगरले ५१ केजीमुनि, निसेश मगरले ५५ केजीमुनि, रेजुना ठकुरीले ४९ केजीमुनि, सम्झनाभण्डारीले ४४ केजीमुनि, रोशन सापकोटाले ४५ केजीमुनि तथा कपिल थापाले ४२ केजीमुनि स्वर्ण दिलाए ।
अब विभिन्न ८ भेगको प्रतियोगिता हुन बाँकी रहेको आयोजकका सचिव कुमार घिसिङले जनाएकाछन् ।

Comment