जुनियर ब्याडमिन्टन टोली बैंकक जाने

badminton
ब्याडमिन्टन एसिया जुनियर यु–१५ तथा यु–१७ च्याम्पियनसिपमा सहभागीहुन७ खेलाडी सहित १० सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर ११ देखि १५ तारिखसम्म सञ्चालनहुने च्याम्पियनसिपको यु–१५ २ पुरुष÷१ महिला गरी ३ तथा यु–१७मा २–२ पुरुष÷महिलासहित४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
यु–१५ को पुरुषमा रुकेश महर्जन र चिरण बस्नेत तथा महिलामा सुनैयना मुखियाँले प्रतिस्पर्धा गर्नेछन् । यो विधामा नेपालले पुरुष÷महिला सिंगल्स, पुरुषडबल्स र मिक्स गरी चार स्पर्धामा सहभागिता जनाउनेछ ।
यु–१७ को पुरुषमा नवीन श्रेष्ठ र नीरविक्रम देवकोटा तथा महिलामा मेघाचन्द र जेसिका गुरुङ रहेका छन् । उनीहरुले पुरुष÷महिला सिंगल्स र डबल्स तथामिक्स गरी ५ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोली नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य समिरबहादुर सिंह, व्यवस्थापकमा ब्याडमिन्टन संघका सदस्य नवीन विक्रम शाह तथा प्रशिक्षकमा जयन्तकुमार श्रेष्ठ छन् ।
टोलीलाई सफलताको शुभकामनादिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले शुक्रबार बिदाइ गरे ।

Comment