नेपाली टोली चयन

अखिल नेपाल फुटबल संघले आसन्न तेस्रो साफ च्याम्पियनसीप महिला फुटबल प्रतियोगिताका लागि २० सदस्यीय टोलीको घोषणा गरेको छ । कुमार कटुवालको प्रशिक्षणमा रहने टोलीमा अधीक खेलाडी विभागीय टोली नेपाल आर्मी क्लब, शशस्त्र प्रहरी र नेपाल पुलिस क्लबका रहेका छन् ।
अनुभबी फरवार्ड अनु लामा सहित दिपा अधीकारी, साबीत्रा भण्डारी, अञ्जली वाइवा अनीता बस्नेत, कृष्णा खत्री र निरु थापा फरवार्डको रुपमा रहेका छन् । मिडफील्डमा दिपा राइ, यसोदा लामा,सजना राना, भुजंगा राइ र रेनुका कुमारी रहेका छन् । रक्षापक्तिमा घिम कुमारी गुरुग, अमृता जैसी, मनमाया मगर,मेनुका गीरी र पुनम जर्गा मगर रहेका छन् । गोलरक्षकमा नमिता कुमारी दली, चन्द्रा देवी दाहाल र एन्जीला राइ छन् । टोलीको प्रशिक्षकमा दर्शन भक्तराज र साहक प्रशिक्षकमा भवगती राना रहेका छन् ।

Comment