आरोही धावक पण्डितलाई आइएमएसको साथ

imss
अन्तराष्ट्रिय किर्तिमानधारी पर्वतारोही एवं लामो दुरीका अल्ट्रा म्याराथन धावक संजय पण्डितलाई नेपालकै प्रतिष्ठित कम्पनी इन्टिग्रेटेड मोविलिटी सोलुसन्स नेपालले ब्राण्ड प्रयोजक गर्ने भएको छ । सातै महादेशका सातै सर्वोच्च शिखर आरोहण गर्ने सिलसिलामा रहेका पण्डितले आगामी २८ कार्तिक देखि अष्टे«लियाकै सर्वोच्च शिखर माउण्ट कोशियोज्को आरोहणको तयारीमा रहेका छन् ।  आइ एम एस नेपालले उनको अष्ट्रेलिया महादेशिय आरोहणको सम्पुर्ण ट्राभल सम्बन्धि प्रायोजक गरेको छ । आइ. एम. एस. का प्रमुख दिपक मल्होत्राले एउटा नेपालीले विश्वका सवै सर्वोच्च हिमालहरुको आरोहण गर्ने किर्तिमान रच्ने कार्यको सम्मान गर्दै उनलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगको हात अगाडी बढाइएको जनाए । उनलाई आइएमएस अंकित झण्डा अष्टे«लियाको सर्वोच्च शिखर माउण्ट कोशियोज्कामा फरफराउन समेत हस्तान्त्रण गरियो ।
कार्यक्रममा आइएमएसका अध्यक्ष दिकेस मल्होत्राले पण्डितको आरोहणसंगै आइ एम एसले पनि उच्च शिखरको यात्रा तय गरी इतिहास बनाउने बताए । कार्यक्रममा समसुङ नेपालका निर्देशक संजीव मिश्रको पनि उपस्थिति थियो । पण्डितले यसअघि युरोपको शिखरमा ६ मिनेट ३ सेकेन्ड अर्ध नाग्गिएर अन्तराष्ट्रिय किर्तिमान रचिसकेका छन भने अफ्रिकाको शिखरमा ६ घण्टा १३ मिनेटमा दक्षिण एशियाबाट तीव्र गतिका आरोहीका रुपमा किर्तिमान रचिसकेका छन ।

Comment