जुडो खेलाडी छानिए

judo 1
आठौं एसियाली क्याडेट तथा १५ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडीको टुंगो लागेको छ ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा क्याडेटमा एक–एक पुरुष÷महिला र जुनियरमा पनि एक–एक पुरुष÷महिला गरी चार खेलाडी छनोट गरिएको उल्लेख छ ।
क्याडेटको पुरुष ५० केजीमुनि बहुद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का किरण गडेल र महिलाको ४४ केजी मुनि पर्साकी पूजाकुमारी श्रीवास्तव छनोट भए ।
त्यस्तै जुनियरको पुरुष ६० केजी मुनि पामका इन्द्रबहादुर श्रेष्ठ र महिलाको ५७ केजी मुनि फुपुल्हामु खत्री छानिए ।
हङकङमा डिसेम्बर ११ देखि १४सम्म हुने च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न जुडो संघले मंगलबार एकदिने छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
नयाँबजारस्थित एमएमएसीमा सम्पन्न छनोट प्रतियोगिता अन्तर्ग क्याडेट र जुनियरतर्फ पुरुष÷महिलामा समान ४–४तौल समूहमा प्रतिस्पर्धा भएको थियो । सोही तौल समूहमा पहिलो हुने ८ खेलाडी मध्येबाटजुडो संघले अन्तिम चार खेलाडीको छनोट गरेको हो ।
च्याम्पियनसिपकालागि जुडो संघले सुरजकाजी डोटेललाई व्यवस्थापक र पदमबहादुर बुढाथोकीलाई प्रशिक्षकका रुपमा चयन गरेको छ ।

Comment