जुडो छनोट सकियो

judo3judo4
आठौं एसियाली क्याडेट तथा १५ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपका लागि जुडोको छनोट प्रतियोगिता नयाँबजारस्थित बहुउद्देश्यीयमार्सल आर्ट केन्द्र (एमएमएसी) मा मंगलबार सम्पन्न भएको छ ।
नेपाल जुडो संघले आयोजना गरेको छनोट प्रतियोगिताको क्याडेट तर्फ पुरुष ५० केजी मुनि एमएमएसीका किरण गडेल र ५५ केजी मुनि पामका सुदेश डोङ पहिलो भए । महिलाको ४४ केजी मुनि पर्साकी पूजा श्रीवास्तव र ५७ केजी मुनि पामकी मनीता प्रधानले पहिलो स्थान हात पारेको जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितले जनाएका छन् ।
जुनियरको पुरुष ६० केजी मुनि पामका इन्द्रबहादुर श्रेष्ठ र ६६ केजी मुनि होप्याडका हिमपर्व खत्री पहिलो भए । महिलाको ४८ केजी मुनि बाँकेकी निर्मला कुँवर र ६३ केजी मुनि एमएमएसीकी फुपु ल्हामु खत्रीशीर्ष स्थानमा रहे ।
जुडो संघका अनुसार पहिलो भएका खेलाडी मध्येबाट क्योडेट र जुनियरतर्फ समान १–१ पुरुष÷महिला गरी कूल चार खेलाडी उक्त च्याम्पियनसिपका लागि छनोट गरिने छ । बुधबार बस्ने बैठकले खेलाडीको अन्तिम टुंगो लगाउने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । च्याम्पियनसिप डिसेम्बर ११ देखि १४ तारिखसम्म हङकङमा हुनेछ ।

Comment