अन्तरविद्यालय तेक्वान्दो हुने

राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता ५ मंसिरदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ २५ केजीमुनि, २६–३० केजी, ३१–३५ केजी, ३६–४० केजी, ४१–४५ केजी, ४६–५० केजी र ५४ केजीमुनि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ २५ केजीमुनि, २५–२९ केजी, ३०–३४ केजी, ३५–३९ केजी र ४०–४४ केजीसहित ५ तौलसमूहमाभिडन्तहुनेछ ।
६५ डोजाङकाकरिब ७ सय २५ खेलाडीको सहभागिता रहने आयोजक महासंघका महासचिव सूर्यलाल भण्डारीले जनाएकाछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Comment