शक्ति सहित ४ खेलाडी सम्मानित

thakaliशक्ति सहित ४ खेलाडी सम्मानित
नेपाल जापन सम्पर्क समिति( थकाली सेवा समिति)को आयोजनामा संचालन भएको डा. योगेन तुलाचन स्मृति खुला रनिध्र शिल्ड धनुषवाण प्रतियोगिताको दोश्रो संस्करण सोमवार देखि बालाजुको बिनायक बस्तीमा शुरु भएको छ । पहिलो दिन  भएको व्यक्तिगत स्पर्धामा हर्क छन्त्याल,मिन गौचन,गोकुल तुलाचन,गर्भ लालचन र निरज गुरुध्रले समान १ अंक जोडेका छन् ।
उद्घाटन अवसरमा समाजले ४ खेलाडी सम्मान गरेको थियो । थकाली समाजमा रहेर खेलकुदको माध्यमबाट अन्तर्राष्टिञय स्तरमा राष्टञको गौरब बढाएको भन्दै सम्मान गरेको थियो । सम्मान हुनेमा क्रिकेटका शक्ति गौचन,आर्चरीका रमेश भट्चन र अशिम शेरचन,बास्केटबलकी प्रिति तुलाचन र ज्ञानु गौचन रहेका छन् । उक्त अवसरमा आयोजक थसेस नेपाल जापन सम्पर्क समितिका अध्यक्ष पानस गौचनले मुस्ताध्रमा निर्माणाधिन नार्सध्र गुम्वाका लागि समाजको तर्फबाट ५० हजार बराबरको चेक  सहयोग स्वरुप उपलव्ध गरेका थिए । थकाली सेवा समितिमा संचालन हुने पाँच दिने प्रतियोगिताको अन्तिम दिन टिम स्पर्धा हुनेछ । बिजेता टिमले ३५ हजार,उपबिजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार नगद सहित शिल्ड,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट धनुधर र बरिष्ट धनुधरले आर्कषक ट्रफी प्राप्त गर्ने छन् ।

Comment