निर्मला छनोट

nirmala

१६ औं एसियाली खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताका लागि महिलातर्फ निर्मला वज्राचार्य आइतबार छनोट भएकी छन् ।    त्रिपुरेश्वरमा भएको छनोट प्रतिस्पर्धामा मित्र युवा क्योकुसिन कराते उप डोजो, क्षेत्रपाटीकी निर्मलाले अरुण श्रेष्ठ, सीता राई र दीपा शाहीलाई पराजित गरी छनोट भएको नेपाल क्योकुसिन कराते डो संघका महासचिव एवं ब्रान्च चिफ रामजीप्रसाद वज्राचार्यले जनाएका छन् ।
नोभेम्बर २७ देखि डिसेम्बर २सम्म चीनको संघाईंमा हुने प्रतियोगितामा निर्मलाले खुला तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
सोही प्रतियोगिताका लागि पुरुषतर्फ भने यसअघि नै खेलाडी छनोट भइसकेका छन् । छनोट हुनेमा ज्ञानबहादुर तामाङ र विकेककुमार मेहता छन् । उनीहरुले पनि खुला तौलसमूहमा नै खेल्नेछन् ।

Comment