ब्याडमिन्टन टोली कोरिया प्रस्थान

badmintonजियङजु भिक्टर कोरिया ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार दक्षिण कोरियाको जियङजु प्रस्थान गरेको छ ।
नोभेम्बर ४ देखि ९ सम्म हुने प्रतियोगितामा पुरुषतर्फ नेपालका शिर्ष बरियताका रत्नजित तामाङ र दोश्रो वरीयताका विकास श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा शीर्ष वरीयताकी रत्नकी दिदी सरादेवीले खेल्ने छिन् ।
नेपाली खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । अफिसियलमा बीएसी सर्टिफिकेट अम्पायर लवभक्त श्रेष्ठ रहेका छन् ।
उक्त प्रतियोगिताको कुल पुरस्कार राशी ५० हजार अमेरिकी डलर रहेको बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले बिदाइ गरे ।

Comment