पारा तेक्वान्दो टोली कोरिया जाने

yadav kuwar
दक्षिण कोरियाको सिओलमा हुने आइसाविश्व च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर ४ देखि ८सम्म हुने प्रतियोगितामा रामबहादुर तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा यादवकुँवर पनि सहभागी हुनेछन् । यादव कोरियामै रहेकाले त्यत्तैबाट प्रतियोगितामा सहभागी हुने नेपाल पारा तेक्वान्दो संघले जनाएको छ ।
यादवले स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य तथा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका थिए । टिम प्रशिक्षकमा मोहनकुमार कार्की छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, सदस्य सुरेन्द्र हमाल  र  नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन केसी  लगायतले बिदाइ गरे ।

Comment