नेपाली जुडो खेलाडीको जित

japan judo 2

जपानको टोकियोस्थित टोकियो बुदोकानमा आइतबार सम्पन्न भिभा जुडो कप–२०१४ को खेलमा नेपाली प्रतिनिधीत्व गरेका सिडब्लुसीएनका चार खेलाडी मध्य दुइले जित हात पारेका छन् । उनीहरुले आ–आफ्नो उमेर समूहमा जापानको टोक्यो सुमीडा जीम्न्याजियम जुडो क्लब एका खेलाडीहरुसँग प्रतिस्पर्धा गरेका थिए ।
पहिलो स्पर्धामा तीस किलो तौल समूहमासन्तोष नेपालीले इमाई खाजुमीलाई प्रथम बाउटमा  ओसाइकोमी इप्पोन अंक प्राप्त गरि पराजीत गरे । अर्को बाउटमा सचिन वाइबाले सोही क्लब का आदानिया सेइसाकुरा लाई युको र वाजारी अंक प्राप्त गरि पराजित गरे ।
अन्य दुई स्पर्धामा भने सिडब्लुसी.एनका खेलाडीहरुले पराजय बेहोर्नु परेको थियो । पराजय बेहोर्ने सि.डब्लु.सि.एन का सुरज नेपाली सोही क्लबका नेमोतो खाईरीसंग पराजीत हुन पुगे भने अर्का खेलाडी उज्वल श्रेष्ठ पनि सोही क्लबकै सिराइसी रुईसंग पराजीत भएका थिए । नेपालको प्रतिनिधीत्व गर्ने सीडब्लुसिएन सडक तथा विपन्न बस्तीका बालबालिकाहरुको अधिकार संरक्षणका लागि कार्यरत सँस्था हो । प्रतियोगितामा १२ बर्ष भन्दा कम उमेरका १ सय २९ समूहका कूल ८०० खेलाडीहरुको सहभागिता जनाएका छन्  ।
खेलमा सहभागी खेलाडीहरुले जापानमा जुडो खेलमार्फत हासिल गरेको ज्ञान तथा अनुभवलाई सँस्थामा संरक्षित अन्य बालबालिकाहरुको जुडो खेल प्रतिको अभीरुचि बढाउन र उनीहरुको ब्यबहार परिवर्तन गर्ने कार्यमा समेत उपयोग गर्ने खेलाडीहरुले बताएका छन् ।

Comment