जोन र संजिलालाई स्वर्ण

juniorr taekwondo
जनज्योतीका जोन देउला र राईजिङ्ग स्टारका संजिला तिमल्सिना बिहिबार प्रथम जुनियर अन्तरविद्यालय लोकतान्त्रिक खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको प्रतियोगिताको छात्र ३९ केजी मुनिको प्रतिस्पर्धामा देउलाले राईजिङ्ग डोजाङका दिल बहादुर थापामगरलाई पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन् । सो समूहमा लैनचौर डोजाङका श्रीजन श्रेष्ठ र श्री सुक्रराज स्कुलका संगरासरा श्रेष्ठले कास्य पदक पाए ।
छात्र तर्फकै ३० केजी मुनीको तौलमा जनज्योतीका पुजन खड्काले भैरहवाका साजन थापालाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारे । गोल्ड शेफर्ड स्कुलका सरोज वि.क. र पर्वतका प्रदीप शर्मा तेश्रो भए । २७ केजी मुनीमा एसओएस भिलेजका विकल्प शाहीले स्वर्णमा आफ्नो नाम लेखाउंदा राईजिङ स्टारका विधान श्रेष्ठले रजत पाए । सो स्पर्धामा रोजन तामाङ र शहिद स्मृतीका हेमराज चौधरीते कास्य पाए । ३३ केजी मुनीमा एसओएस भिलेज लुम्बिनीका दानबहादुर बस्नेतले शुभकामनाका पन्नु लोधलाई पराजित गर्दै प्रथम स्थानमा आफुलाई उभ्याए भने लैनचौरका दीपेश पंडित र राईजिङका सर्मुला मिया संयुक्त तेश्रो भए । ४६ केजी मुनीमा राईजिङ स्टारका सुरेश गिरीले स्वर्ण, पर्वतका प्रकाश माझीले रजत र लेखनाथका अस्मीत लामार एक्स सर्भिसमेन चिल्डेन एकेडेमीका मिलन घलेले कास्य पाए ।
पोखरा रङ्गशालामा भएको प्रतियोगिताको छात्रा २९ केजी मुनीको समूहमा भैरहवाकी रोजिता थारुलाई पराजित गर्दै राईजिङ्ग स्टार डोजोकी संजिला तिमल्सिनाले स्वर्ण प्राप्त गरिन् । उक्त प्रतियोगितामा शुभ कामना डोजाङकी गंगा गुरुङ्ग र रक्षा तेक्वान्दो डोजाङ्ग काठमाण्डौकी कृष्टिना राई संयुक्त तेश्रो भईन् ।
छात्रा तर्फको ३२ केजी मुनीको तौलमा पर्वत डोजाङ्गकी आश्था शर्माले स्वर्ण प्राप्त गर्दा भैरहवाकी पल्लबी कार्की कास्यमा खुम्चिईन् । शहिद स्मृतीकी संझना भुषाल र गुल्मीकी सगुन शर्माले कास्य पदक पाए । २३ केजी मुनीमा जनज्योतीकी सुनिमा बजगाईले स्वर्ण हात पार्दा लैनचौरकी इभा खातुनले रजत पाईन् । रक्षा डोजाङ्गकी दिक्षा नेपाल र मुलपानीकी मेघाले कास्य पाए । ३८ केजी मुनीमा जनज्योतीकी दक्षीणा शाही ठकुरीले शुभकामनाकी सुष्मा परियारलाई पराजित गर्दै स्वर्ण प्राप्त गरिन् । उक्त तौलमा भैरहवाकी वविता रोक्का र बाग्लुङकी आयषा बुढामगरले तृतीय स्थान पाए ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथी नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोईराला र  नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं खेलकुद विभाग प्रमुख सभासद् धनराज गुरुङ्गलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता संयोजक अर्जून थापाको सभापतित्वमा भएको प्रतियोगिताको प्रमुख अतिथी कोइरालाले उद्घाटन गरेकी थिईन् । प्रतियोगितामा छात्रातर्फ ९० र छात्रतर्फ १३७ गरि कुल २२७ खेलाडीले छात्र तर्फ ८ र छात्रा तर्फ ७ वजन समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

Comment