नेपाललाई डिभिजन थ्रीको उपाधि

logo

नेपालले र्वल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेको छ । बिहिबार किनारा ओभल मैदानमा भएको फाइनलमा नेपालले युगान्डालाई ६२ रनले पराजित गर्यो । नेपालले छाडेको २२४ रनको लक्ष्य पछ्याएको युगान्डा ४४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १६१ रनमा सिमित भयो । युगान्डालाई साधुरो योगफलमा सिमित गर्ने क्रममा भुवन कार्कीले आठ ओभरमा ३९ रन खर्चीदै चार विकेट लिए ।
युगान्डाका रोजर मुकासाले ५२ बलमा ५१ रन खर्चे । १२ रनमा रिटायर्ड भएका उनी पछि फेरी ब्याटिंग गर्न आएका थिए । नेपालका बसन्त रेग्मीले ९.१ ओभरमा २९ रन खर्चीदै दुइ विकेट लिए  । यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले एक बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै २२३ रनको योगफल खडा गर्यो । नेपालका  लागि सागर पुन र नरेस बुढा ऐरले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे । प्रतियोगितामा यो छैटौ सतकीय साझेदारी हो । सागरले ६४ तथा नरेसले ५१ रन जोडे । ज्ञानेन्द्र मल्लले ५६ रनको योगदान गरे ।
म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज घोषित भएका मुकासाले ३.५ ओभरमा २७ रन खर्चीदै ६ विकेट लिएका थिए ।

Comment