जुडो टोलीको बिदाइ

judo 1

जापानको टोकियोमा हुने भिभा जुडो कपमा सहभागी हुने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई बुधबार बिदाइ गरियो ।
परिवारबाट परित्याग सडक तथा जोखिम परिस्थितिका बालवालिकाहरुको उद्दार, संरक्षण, शिक्षा, परामर्श, व्यवसायिक सीप तथा रोजगार जस्ता कार्यक्रमको माध्यमबाट दिगो बाल अधिकार संरक्षण, प्रवद्र्धन र बाल शोषण रोकथामका लागि कार्यरत रहँदै आएको गैर सरकारी सामाजिक संस्था बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) मा संरक्षित चार जुडो खेलाडीले यु–१४ उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
कात्तिक १५ र १६ मा हुने प्रतिस्पर्धामा उज्वल श्रेष्ठ, सचिन वाइबा लामा, सुरज नेपाली र सन्तोष नेपालीले खेल्नेछन् । उनीहरुसंगै सीडब्लुसीएनका वरिष्ठ व्यवस्थापक सुनील खतिवडा तथा कोषाध्यक्ष, अन्तर्राष्ट्रिय जुडो रेफ्री एवं प्रशिक्षक धर्मकुमार श्रेष्ठ पनि टोकियो जाँदैछन् । टोलीले कात्तिक १३ देखि १९ गतेसम्म जापानमा भएको जुडोको संस्थागत विकासको अवलोकन तथा अध्ययन समेत गर्नेछ ।
बिहीबार जाने टोलीलाई समाज कल्याण परिषद्का सदस्य–सचिव रविन्द्रकुमार यादव, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायलते लैनचौरस्थित परिषद्कै सभाकक्षमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment